काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा १६ जिल्ला र २ विभागीय (आर्मी÷पुलिस) गरी १८ टोलीका करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सिंगल्स र टिम गरी विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।
यसैबीच संघकै आयोजनामा राष्ट्रिय अम्पायर प्रशिक्षण शनिबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ९ जिल्लाका २० जनाको सहभागिता रहेको थियो ।