काठमाडौं । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्डकप फुटबलको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नव जनजागृती युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगिताका सम्पुर्ण खेल सिमरा रंगशालामा हुनेछ । उद्घाटन खेलमा आयोजक क्लब र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टोली सहभागि हुनेछन् । विजेतालाई १० लाख र उपविजेतालाई ३ लाख रुपैयाँको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मलेनमा आयोजक क्लबका महासचिव सम्भु तिवारीले प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने बताए । विधागततर्फको उत्कृष्ट खेलाडीले २० हजार र उदयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक आर्मी सहित रुस्लान थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल एपीएफ, संकटा, हिमालयन शेर्पा, सरस्वती युथ, आयोजक नव जनजागृती, विशाल मेमोरियल र मकवानपुरको टोलीले सहभागिता जनाउनेछ ।