काठमाडौं। अमेरिका पेरिस ओलम्पिक २०२४ को १२औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ।
अमेरिकाले २७ स्वर्ण, ३५ कांस्य र ३२ रजतसहित ९४ पदक जितेको छ। बुधबार अमेरिकाले ३ स्वर्ण, ४ कांस्य र १ रजतसहित ८ पदक जितेको थियो।
चीन दोस्रो स्थानमा यथावत् छ। बुधबार चीनले ४ स्वर्ण, २ कांस्य र १ रजत थप्यो। योसँगै चीनले १२औं दिनको समाप्तिमा २५ स्वर्ण, २३ कांस्य र १७ रजत जितेको छ। चीनसँग ६५ पदक छ।
यस्तै, अस्ट्रेलिया तेस्रो स्थानमा छ। अस्ट्रेलियाले बुधबार ४ रजत र दुई कांस्य थप गरेको थियो। अस्ट्रेलियाले १८ स्वर्ण, १२ कांस्य र ११ रजतसहित ५१ पदक जितेको छ।
आयोजक फ्रान्सले १३ स्वर्ण, १७ कांस्य र २ रजतसहित ५१ पदक जितेको छ। फ्रान्सले बुधबार चार पदक थप्न सफल भयो।