काठमाडौं। आयोजक फ्रान्स र चीनलाई उछिन्दै अमेरिका पेरिस ओलम्पिक २०२४ को नवौं दिन शीर्ष स्थानमा उक्लिएको छ।
अमेरिकाले १९ स्वर्ण, २६ कांस्य र २६ रजतसहित ७१ पदक जितेको छ। दोस्रो स्थानमा रहेको चीनले १९ स्वर्ण नै जितेको छ। तर, कांस्य र रजतमा चीन अमेरिकाभन्दा निकै पछि छ। चीनले १५ कांस्य र ११ रजत जितेको छ। चीनले ४५ पदक जितेको छ।
यस्तै, आयोजक फ्रान्स तेस्रो स्थानमा छ। फ्रान्सले १२ स्वर्ण, १४ कांस्य र १८ रजतसहित ४४ पदक जितेको छ।
३१ पदक जितेको अस्ट्रेलिया भने चौथो स्थानमा छ। अस्ट्रेलियाले १२ स्वर्ण, ११ कांस्य र आठ रजत जितेको छ।