बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. काभा भलिबल लिग : नेपाललाई भारतको चुनौती

काभा भलिबल लिग : नेपाललाई भारतको चुनौती

२०२४ अगस्ट ३, शनिबारखेलपाटी संवाददाता

काभा भलिबल लिग : नेपाललाई भारतको चुनौती

काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारत भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता, नेपाल पाहुना टोली भारतलाई यस लिगमा पहिलो हार चखाउने उदेश्यका साथ कोर्ट उत्रनेछ।

उपाधिको दाबेदारको नेपालसङ्कगको खेल तेस्रो हुनेछ। पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेटमा भने इरानले उत्कृष्ट पुनरागमन गर्‍यो। 

उक्त सेट १९–२५ ले गुमाएपछि। १४ अंकले पछि परिसकेको स्थितिमा इरानले लगातार ९ अंक जोड्दै स्कोर १८–२३ बनाएको थियो। त्यसपछि इरानले एक अंक जोड्यो भने भारतले दुई।

यद्यपि, तेस्रो सेटमा सुरूवातदेखि नै कमजोर देखिएको इरानले २५–१० ले खेल गुमायो। भारतले दोस्रो खेलमा पनि यही सानदार लयलाई निरन्तरता दिँदै माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले पहिलो सेट २५–६ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका दुई सेटमा पनि भारतले सहज जित हासिल गर्‍यो। भारतले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१० ले जित्यो। 

यता, नेपाल भने पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई निराश पार्‍यो। पहिलो सेट नेपालले २५–१९ ले सहजै जितेको थियो। दोस्रो सेट नेपालले २५–१८ ले जित्यो। एक समय ४–४ को स्थिमा रहेको नेपालले लगातार ६ अंक जोडेको थियो। 

तेस्रो सेटमा श्रीलंकाले नेपाललाई अंक जोड्न केही संघर्ष गराएको थियो। तर, घरेलु समर्थकको बलियो साथ पाएको नेपालले ९–१७ ले पछि रहेको अवस्थामा लगातार अंक जोड्दै खेल २५–१९ ले आफ्नो पक्षमा पार्‍यो। नेपाललाई भारतविरुद्धको खेलमा घरेलु समर्थकको बलियो साथ मिल्नेछ। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

Bhat Bhateni
पूजाको सानदार बलिङसँगै साउथर्नको जित

पूजाको सानदार बलिङसँगै साउथर्नको जित

सीताको टोलीसँग इन्दुको टोली पराजित

सीताको टोलीसँग इन्दुको टोली पराजित

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

अमेरिका आइसीसीको निलम्बनमा

अमेरिका आइसीसीको निलम्बनमा

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल