काठमाडौं। शक्तिशाली राष्ट्रलाई पछि जापान पेरिस ओलम्पिक २०२४ को चौथो दिनसम्म शीर्ष स्थानमा यथावत रहेको छ।
जापानले ६ स्वर्ण, दुई कांस्य र चार रजतसहित १२ पदक जितेको छ। यस्तै, आयोजक राष्ट्र फ्रान्स दोस्रो स्थानमा छ। फ्रान्सले पाँच स्वर्ण, आठ कांस्य र तीन रजतसहित १६ पदक जितेको छ।
अर्को एसियाली राष्ट्र चीन तेस्रो स्थानमा रहेको छ। चीनले पाँच स्वर्ण, पाँच कांस्य र दुई रजत जितेको छ। पाँच स्वर्ण, चार कांस्यसहित नौ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा रहेको छ।
फ्रान्समा चलिरहेको प्रतियोगितामा जापानले शक्तिशाली राष्ट्रलाई पछि पार्न सफल भएको हो। जापानले मंगलबार बिहानसम्म ६ स्वर्ण, दुई रजत र ४ कास्यसहित कुल १२ पदक जितेको छ।
जापानले जुडो र स्केटबोर्डिङमा समान दुई स्वर्ण पदक जितेको छ। फेन्सिङ र आर्टिस्टिक जिनास्टिक्समा समान एक स्वर्ण पदक जितेको हो। जुडोमा सर्वाधिक पाँच कास्य पदक जितेको छ। अस्ट्रेलियाली पौडीबाज मोली ओकालाघन र चिनियाँ सुटर शेङ लिहाओले डबल स्वर्णपदक जितेका छन्।