काठमाडौं। फ्रान्सको राजधानी पेरिसमा हुने पाराओलम्पिक गेम्स्मा सहभागी हुने तेक्वान्दो खेलाडीलाई बिदाइ गरिएको छ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार पलेशा गोवर्धन, भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाइ गरेका हुन्।
पाराओलम्पिक गेम्स्मा सहभागी हुनअघि टोलीले बेलायतको म्यान्चेस्टर सहरमा विशेष प्रशिक्षण गर्नेछ। उक्त प्रशिक्षणपश्चात पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन टोली फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भरतले २९ अगस्टमा के–४४, पुरुष ५८ केजी मुनि तौल समूहमा र पलेशा गोवर्धनको ३० अगस्टमा के–४४, महिला ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।