काठमाडौं। ओलम्पिक टर्च र्यालीमा सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की फ्रान्स प्रस्थान गरेका छन्। २०२४ जुलाई २ मा फ्रान्सको लिलमा हुने ओलम्पिक टर्च र्यालीमा सहभागिता जनाउन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ)का सदस्यसमेत रहेका उनीसँगै अध्यक्ष लौरेन्ट पेट्रिन्का (फ्रान्स) र विद्यालय खेलकुद फाउन्डेसनका अध्यक्ष रोमन ग्रेबा (युक्रेन)ले ओलम्पिक टर्च र्याली प्रतिनिधित्व गर्दैछन्। उक्त ओलम्पिक टर्च र्यालीमा सहभागीता जनाउने सम्भवतः पहिलो नेपाली कार्की हुन्। सोही अवसरमा यही अक्टोबरमा मनामा, बहराइनमा हुने आइएसएफ जिमनासियाड २०२४/विद्यालय समर ओलम्पिकमा नेपालको सहभागिताका लागि आवश्यक सहयोग, खेलकुद सामाग्रीलगायतका विषयमा आइएसएफका अध्यक्ष पेट्रिन्का र फाउन्डेसनका अध्यक्ष ग्रेबासँग छलफल हुने उनले जानकारी दिए।