काठमाडौं। अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
सुरुमा अशोकले अस्ट्रियाको भियनामा हुने वल्र्ड र्याङकिङ जि– वान अस्ट्रियन ओपन पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्। प्रतियोगिता जुन २९ र ३० तारिखमा हुनेछ।
उक्त प्रतियोगितापछि उनले जर्मनीमा हुने डीटीयु बोडेन्सी कपमा निर्णायकको भूमिकामा रहने छन्। जुलाइ ६ तारिखमा हुने प्रतियोगितामा अशोकले ग्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्। अशोक बिहीबारै अस्ट्रिया प्रस्थान गरेका छन्। अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।