काठमाडौं । ईपीएल रमाईलो नेपालले सिजन २०२३/२४ को उकृष्ट खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
प्राचिन रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरेर ईपीएल रमाईलो नेपालले क्लासिक लिग र सर्वाईवल लिगका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो ।
ईपीएल रमाईलो नेपाल विशेषत ईङ्लिस फुटबललाई माया गर्ने नेपाली समर्थकको आधिकारिक संस्था हो । जो कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर खेलकुदसँगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा क्लासिक लिगका विजेता प्रज्वल पन्थीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा विनीत सैंजु दोस्रो बनेर ५५ हजार र कमल श्रेष्ठ तेस्रो बनेर ३० हजार रुपैयाँ प्राप्त गरे ।
सर्वाईवल लिगको विजेताको पमा सौजन लामिछानेले १ लाख, दोस्रो बनेका दिनेश महताराले ५० हजार र तेस्रो बनेका प्रवेश भट्टराईले २५ हजार रुपैयाँ प्राप्त गरे । विजेता सबैलाई जर्सी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
विशेष अतिथीको रुपमा एन्फा रेफ्री माया लामा, ई स्पोर्ट्स संघका सचिव आशिष दाहाल, खेल पत्रकार हेमराज हमालले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
ईपीएल रमाईलो नेपालका अध्यक्ष अर्विन्द मरासिनीले आगामी सिजन अझै ठुलो पुरस्कार राशी र थप रमाईलो गतिविधिहरु हुने बताएका छन् ।