पोखरा। गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो ।
बागमतीले ६ रजत र सात कांस्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले थीन रजत र १० काश्य जित्यो । गण्डकी पाँच स्वर्ण, आठ रजत र सात कांस्य जित्दै तेस्रो र कर्णाली पाँच स्वर्ण, दुई रजत र दुई कांस्य जिते ।
कोशी एक स्वर्ण, सात रजत, आठ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र पाँच कांस्य र मधेश एक स्वर्ण, दुई रजत र एक काश्य पदक हासिल ग¥यो ।