काठमाडौं। ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
धोबीघाट–जाउलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड जुद्धसालिक–ठमेल–बालाजु–स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउँ हुँदै मातातीर्थ पुगेर आइतबार सम्पन्न भएको टिडिएस सिस्टमको सो मोटर र्यालीमा विप्ल र राजन पहिलो भएका हुन्। प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भए ।
त्यसैगरी चन्द्रागिरिकै मदन भण्डारी खेल मैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा मोटरस्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नो स्पीड र स्किल प्रर्दशन गरे। मटर लम्बाई र ८ मिटर चौडाइमा तयार गरेको अस्थायी ट्रर्याकमा ११ जना ड्राइभर्सलाई पछि पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका छन् ।
चन्द्रागिरीकै विप्लकले दोस्रो स्थान पक्का गरे भने सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङ्गमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए ।
उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीहरूले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रमका विजयीलाई मोटो स्पोर्ट्सको एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने संयोजक अनिल बरालले बताए। सो पुरस्कार वितरण समारोह चन्द्रागिरीमा रहेर काठमाडौँ उपत्यकाभरि सक्रिय रहने गरी सुरु भएको वाइल्ड विस्स नेपाल क्लबलाई समेत सार्वजनिक गरियो ।