शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेस ओलम्पियाडमा ७ खेलाडी छानिए

बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता
चेस ओलम्पियाडमा ७ खेलाडी छानिए
Loading ad...
mustang rice ad

काठमाडौं । नेसनल चेस च्याम्पियनसिप २०२४ बाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा विहीबार सम्पन्न च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष तीन र महिलाका शीर्ष चार खेलाडीले ओलम्पियाड खेल्ने नेपाली टिममा स्थान बनाएका हुन् । लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आययोजना गरेको प्रतियोगितामा सर्बाधिक ८ अंक बनाउँदै झापाका राजन सुवेदी राष्ट्रिय प्रतियोगितामा नयाँ च्याम्पियन भए ।

अर्का झापाली सुश्रुत दाहाल र फिडे मास्टर (एफएम) क्षितीज भण्डारीले समान ७.५ अंक हात पारेर शीर्ष तीनमा रहे । समान अंक भएपनि ‘हेड टु हेड’ को आधारमा सुश्रुत उपविजेता भए । अन्तिम चरणमा सुश्रुतले १५१ रेटिङमाथिका पुरुषोत्तम सिलवाललाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै ओलम्पियाडमा स्थान बनाएका हुन् ।

झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जैयसवालले ६–६ अंक बनाए ।

२३ औं राष्ट्रिय प्रतियोगितामा खुलातर्फको विजेताको रुपमा रुपेश र अस्ट्रेलियामा रहेका विवेक थिङ शीर्ष रेटिङको आधारमा ४५ औं ओलम्पियडामा छनोट भइसकेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

२३ औं राष्ट्रियमा महिलातर्फकी विजेता सुजना लोहनी २४ औं संस्करणमा सहभागि भइनन् । हाल अस्प्ट्रेलियामा रहेकी उनलाई गत वर्षकै विजेताको आधारमा ओलम्पियाड टिममा महासंघले छनोट गरिसकेको छ । राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने सबभन्दा प्रतिष्ठित् प्रतियोगिता ओलम्पियाडमा नेपाली पुरुष र महिला टिममा ५–५ खेलाडी हुनेछन् ।

यसपालिको च्याम्पियनसिपमा महिलातर्फकी विजेता सिन्दिरा जोशीलाई अन्तिम चरणमा पराजित गरेकी कृतिसरा अधिकारी उपविजेता भइन् । सिन्दिराले ९, कृतिसराले ८.५ अंक बनाए । पूजा भण्डारी र शान्ति धिमाल समान ८ अंकसहित शीर्ष चारमा रहे । यी चार खेलाडी ओलम्पियाड खेल्ने नेपाली महिला टिममा छनोट भएको महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए ।

स्वीस लिगको आधारमा ६ दिन सञ्चालिन च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरे । राउन्ड रोबिन लिगको आधारमा प्रत्येक खेलाडीले ११–११ खेल खेलेका थिए ।

च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हात पार्ने खेलाडीले १० हजार रुपियाँ हात पारे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा