काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग खेलिरहेको छ।
अमेरिका डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा चलिरहेको खेल हेर्न १० हजारभन्दा बढी नेपाली समर्थक पुगेका पुगेका छन्। जसका कारण स्टेडियम नेपाली समर्थक र झन्डाले ढाकिएका छन्।
नेपाल एक दशकपछि विश्वकपमा फर्किएको हो। नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी–२० क्रिकेटमार्फत विश्वकपमा डेब्यु गरेको थियो।
लामो समयपछि नेपाल सोही मञ्चमा फर्किएपछि नेपाली समर्थकहरू स्टेडियमै गएर खेलाडीहरूको हौसला बढाइरहेका छन्।