काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन्।
पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएका हुन्।
सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उनले उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाए।
नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर टोलीको हौसला बढाउनेमा पनि उनी आशावदी देखिए ।