काठमाडौं। नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
बंगलादेशको ढाकामा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडेका थिए। त्यसपछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको हो। नेपालले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।