काठमाडौं । नेपाल हक्की संघको आयोजनामा भेट्रान हक्की फेस्ट शनिबार जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सम्पन्न भएको छ ।
भेट्रान खेलाडीहरुलाई दुई समूहमा विभाजन गरी खेल खेलाइएको थियो । राजेन्द्रप्रसाद श्रेष्ठको कप्तानीमा टिम ‘ए’ तथा महेन्द्रमान शाक्यको कप्तानीमा टिम ‘बी’ रहेको थियो । दुई टिमबीचको खेल २–२ गोलको बराबरीमा सकियो ।
हक्कीमा योगदान दिएका भेट्रान खेलाडीको सम्मान तथा उनीहरुलाई एकै ठाउँ भेट्ने अवसर प्रदान गर्न मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।