सरकारले महिला कबड्डी टोलीलाई ४८ लाख १० हजार रुपैयाँ दिने

काठमाडौँ। १९औँ एशियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले नेपाल सरकारबाट ४८ लाख १० हजार नगद प्राप्त गर्ने भएको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै कबड्डी टोलीले उक्त रकम प्राप्त गर्ने भएका हुन्। गत असोजमा चीनको होन्झाउमा सम्पन्न खेलमा नेपाली टोली सेमिफाइनलमा पुगेको थियो।
चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएक सेमिफाइनलमा भारतसँग नेपाल ६१–१७ ले पराजित भएको थियो। हारसँगै नेपाल कांस्य पदक जित्न सफल भएको थियो। नेपाल समूह ‘बी’ को लिग खेलमा बंगलादेशविरुद्ध ३७–२४ ले विजयी भएको थियो। यद्यपि, डिफेन्डिङ च्याम्पियन इरानसँग भने ४३–१९ ले पराजित भएको थियो।
त्यो नतिजाबाट नेपाल समूह उपविजेता हुँदै सेमिफाइनल पुगेको थियो। त्यसैले भारतसँग खेल्नुअगावै कम्तीमा कांस्य सुनिश्चित गरिसकेको थियो। कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, ईशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका थिए।
मन्त्रालयका अनुसार टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै, मुख्य प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। यसरी कबड्डी टोलीले ४८ लाख १० हजार नगद प्राप्त गर्ने भएको हो।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)


%20(1)-1765977079083.jpeg&w=3840&q=75)