सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेशमान सिंह बुद्धिचालको उपाधि रुपेशलाई 

बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता
गणेशमान सिंह बुद्धिचालको उपाधि रुपेशलाई 
Loading ad...
mustang rice ad

ललितपुर। नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले जितेका छन्। उनले  फाइनलमा क्यान्डिडेट मास्टर मिलन लामासँग क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए।

क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राई बेकरमा धकेलिए। द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटी दुवै खेलका मिलनलाई २-० ले पाराजित गर्दै रुपेशले उपाधि जितेका हुन्। उनले २ लाख ५३ हजार रुपैयाँ बराबरको मोटरसाइकल हात पारे।

लामो समयपछि खेलमा फर्केका युवा खेलाडी मिलनले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म स्थान बनाएका थिए। उपविजेता बनेका उनले ८० हजार रुपैयाँमा चित्त बुझाए।

अर्का फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । उनले ५० हजार  रुपैयाँ हात पारे। क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा यू- १६ का राष्ट्रिय विजेता पुरुषोत्तम सिलवाललाई १.५ - ०.५ को सोझो सेटमा पन्छाए। चौथो स्थानमा रहेका पुरुषोत्तमले ३० हजार रुपैयाँमा चित्त बुझाए।

स्विस लिग अनुसार नवौँ चरणसम्म भएको खेलमा आयोजक क्लबका सजिन महर्जन प्रथम स्थान ओगटे। उनले २५ हजार  रुपैयाँ पाए। दोस्रो हुन सफल सर्लाहीका कमल श्रेष्ठले १५ हजार र तेस्रो भएका निकेश कुशाथाले १० हजार पाए। शैलेन्द्रकुमार न्यौपाने चौथो र झापाका राजन सुवेदी पाँचौँ स्थानमा रहे।

छैटौँदेखि दशौँमा क्रमशः तनहुँका सविनचन्द्र घिमिरे, काठमाडौँका राजेन्द्र बज्राचार्य, बद्रीलाल नेपाली, सुदीप तामाङ र केशव श्रेष्ठ रहे। महिलातर्फको उपाधि पूर्वमहिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले हात पारिन्। उनले १० हजार  रुपैयाँ हात पारे। दोस्रो र तेस्रो स्थानमा मोरङकी शान्ति धिमाल र काठमाडौँ पूर्णिमा गुरुङ रहिन्।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित