काठमाडौँ। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दुई मैत्रीपूर्ण खेल खेल्न बेलायतमा जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा जानकारी लिएका छन्।
श्रेष्ठले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईसँग यसबारे जानकारी लिएका हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउन लागेको हो।
यही मैत्रीपूर्ण खेल खेल्न टोली मंगलबार बिहान ९ बजे उड्ने तय थियो। तर, भिसा नभएको कारण टिकट काटिसकेको टोली उड्न नपाएको हो।
एन्फा महासचिव राईले यसबारे मन्त्री श्रेष्ठलाई जानकारी दिँदै मंगलबार रातिसम्म भिसा आउने बताए। भिसा लिनकै लागि आफ्नो प्रतिनिधि भारतको दिल्ली पठाइएको उनले जानकारी दिए।