काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता फागुन १८ र १९ गते आयोजना हुने भएको छ ।
नेपाल डोरी तान संघको आयोजनामा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टिमका सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
डोरी तान संघ कोशी प्रदेश र नेपाल डोरी तान संघको आयोजनामा कोशी प्रदेशको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्रतियोगिता हुने भएको छ ।
नेपालमा पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रबर्धन र विकास गर्न प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष रीता न्यौपानेले जानकारी दिईन् ।
प्रतियोगितालाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने । प्रतियोगिता आयोजनाका लागि १९ लाख रुपैयाँ खर्च हुने संघका केन्द्रिय महासचिव बिमल पौडेलले जानकारी दिए ।