काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका परिवर्तन गरेको छ ।
एन्फाले बिहिबार सार्वजनिक गरेको अन्तिम चरण अर्थात १३ औं चरणका खेल तालिकामा शुक्रबार हेरफेर गरेको हो । अन्तिम चरणका लिग खेलहरु शनिबारबाट सुरु हुनेछ ।
लिगको १२ औं चरणको खेल सकिदा विजेता र उपविजेताको तय भईसकेको छ । लिगको उपाधि मनाङ मर्स्याङ्दीले जित्दा संकटा क्लबले दोस्रो स्थान हासिल गरिसकेको छ ।
नयाँ तालिका अनुसार च्याम्पियन मनाङ र फ्रेन्ड्स क्लबबीचको खेल अन्तिम दिन राखिएको छ । यसअघि पुस २२ गते हुने जनाएको थियो । सोहि दिन हुने भनिएको एनआरटी र ब्रिगेड ब्वाइ लिगको १२ औं चरणको खेल सकिदा विजेता र उपविजेताको तय भईसकेको छ । लिगको उपाधि मनाङ मर्स्याङ्दीले जित्दा संकटा क्लबले दोस्रो स्थान हासिल गरिसकेको छ । जको खेल पनि अन्तिम दिन हुनेछ ।
त्यसअघि शनिबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । सोहि दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुनेछ ।
यस्तै आइतबार हिमालयन शेर्पा र थ्री स्टारबीच खेल हुनेछ । सोहि दिन मछिन्द्र र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
सोमबार एक खेल हुनेछ । जसमा संकटा र एपीएफ भिड्नेछन् ।