गलाक राष्ट्रिय मुवाँथाइ भोलिदेखि
काठमाडौं । दोश्रो संस्करणको गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको तयारी पुरा भएको छ ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजनामा बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए ।
प्रतियोगितामा १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।
छरिएर रहेका मुवाँथाईको एउटै संघ भएपछि पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष कक्षपतीले बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताका लागि संघले प्रयास गर्ने उनले उल्लेख गरे ।
यस्तै मुवाँथाई संघको बोर्ड बैकले एकद्धार पद्धतिबाट प्रतियोगिता सञ्चालन गर्ने, खेलाडी उत्पादन गर्ने, प्रतियोगितामा सहभागी हुने कार्यका लागि खेलाडी, रेफ्री, निर्णायक तथा प्राविधिकहरुलाई केन्द्रिय कार्यालयमा दर्ताका लागि आवेदन दिन सूचित गरेको छ ।
संघले केन्द्रबाट स्वीकृत लिएरमात्र राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्न र सहभागीता जनाउन अपिल गरेको छ ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




