काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पा र मनाङले १ - १ गोलको बराबरी खेलेका छन् ।
खेलमा सुरुवाती अग्रता मनाङले बनाएको थियो । खेलको ३६ औं मिनेटमा आफिज ओलावाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको उपाधिमा कब्जा जमाईसकेको मनाङ आज अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । शतप्रतिशत जित सहित लिगको अन्त्य गर्ने लक्ष्य मनाङको रहेको छ ।
यता हिमालयन शेर्पा भने मनाङको अपराजित यात्रा अन्त्य गर्ने योजनामा छ ।
मनाङले ११ खेलबाट ३३ अंक जोड्दै उपाधि सहित शीर्ष स्थान कब्जा गरेर बसेको छ । शेर्पा क्लब ११ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
हिमालयन शेर्पालाई समेत शीर्ष ६ भित्र पर्न मनाङविरुद्वको खेल महत्वपुर्ण छ ।