काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सीएमजी संकटा क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा संकटा र थ्री स्टारले १ - १ गोलको बराबरी खेलेका छन् ।
खेलको ३० औं मिनेटमा रन्जन बिष्टले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । थ्री स्टारका सुनिल बलले आफ्नो डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा अमितले गोल गरेका हुन् ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
दुवै टोलीको लक्ष्य जित निकाल्दै लिगको उपविजेताका बन्नु रहेको छ । लिगमा दुई चरणको मात्र खेल बाँकी रहदाँ थ्री स्टार र संकटा जित निकाल्दै उपविजेता बन्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
संकटा २५ अंक सहित दोस्रो स्थानमा छ । थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । संकटालाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिने मौका ललितपुरे क्लब थ्री स्टारलाई प्राप्त छ ।