काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले पुलिसलाई पराजित गरेको छ । घरेलु मैदान हल्चोकमा मंगलबार भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले हराएको हो ।
एपीएफको जितमा युवराज खड्काले २ तथा राजेन्द्र रावल र हरि कार्कीले समान १/१ गोल गरे ।
खेलको २१ औ मिनेटमा एपीएफले राजेन्द्र रावलको गोलबाट अग्रता लिएको थियो । डिबक्स नजिकैबाट उनले हानेको प्रहारले सिधै पहिलो बार हुँदै जाली चुमेको थियो ।
सुरुवातमै पछाडी परेपछि पुलिसले एपीएफबाट निरन्तर दबाब बनायो । १५ औ मिनेटमा रवि पासवानको पासमा निरकुमार राईको प्रहार आकासिएको थियो ।
अभिषेक रिजालले २४ औ मिनेटमा डिबक्स नजिकै दिएको पासमा अजित भण्डारीको प्रहार बारमा लागेर फर्किन पुग्यो । त्यसको तीन मिनेटपछि कप्तान भरत शाहले डिबक्स बाहिरबाट हानेको प्रहार एपीएफका राजु योगीले सहजै बचाएका थिए ।
२८ औ मिनेटमा एपीएफले अग्रतालाई दोब्बर बनायो । हरी कार्कीले डिबक्स भित्रबाट हानेको बल सिधै गोल हुन पुगेको थियो । ४३ औ मिनेटमा हेडमार्फत युवराज खड्काले गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफको ईन्जुरी समयमा तेज तामाङको पासमा अजित भण्डारीले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए ।
दोस्रो हाफमा युवराज खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई घरेलु मैदानमा शानदार जित दिलाए । काउन्टरमा खड्काले गोल गर्दै एपीएफलाई महत्वपुर्ण ३ अंक दिलाए ।
खेलकाे 'म्यान अफ दी म्याच' एपीएफकाे सुदिप शिख्राकार घाेषित भए ।
जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक छैटौ स्थानमा झरेको छ ।