काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सरस्वती युथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा टेक्निकल सेन्टरमा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १ - ० को अग्रता बनाएको छ । खेलको १४ औं मिनेटमा सरस्वतीका किपर प्रदीप भण्डारीले क्लियर गरेको बल च्यासलका सजिन थापा मगरलाई लागेर गोल भएको थियो ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नुुहुनेछ ।
सरस्वती १० अंक सहित तालिकाको दशौ स्थानमा छ । च्यासल १५ अंक सहित आठौँ स्थानमा रहेको छ ।