एलेक्स र अंकितालाई स्वर्ण
सोमबार, मंसिर २५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । वडा नम्बर ७ का एलेक्स महर्जन र वडा नम्बर १६ की अंकिता वज्राचार्यले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
सिंगल्सको पुरुषमा एलेक्स तथा महिलामा अंकिता च्याम्पियन बनेका हुन् ।
दुवै समान ३–२ को सेटमा विजयी भए ।
पुरुष फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११ र ११–९ को सेटमा पराजित गरे ।
गल्सको फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९ र ११–९ को सेटमा हराइन् ।
विजेतालाई बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
#एलेक्स र अंकिता







-1753545694.jpg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


