काठमाडौं । नेकपा माओवादीका नेता स्वर्गीय प्रकास दाहालको स्मृतीमा प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालीको आयोजनामा पौष २५ गते देखि प्रतियोगिता हुने भएको हो ।
नेपाल ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता) बाहेक, स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल शाहीले जानकारी गराए ।
राजनैतिक नेताका साथै खेलकुदलाई अतिनै माया गर्ने ब्यक्तित्व प्रकास दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको संचालक अखिल शाहीले बताए ।
आयोकको आफ्नै कोर्ट हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सन बहादुर साम्वा समेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।
बरियता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिव ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् ।
'विगतमा पनि प्रतियोगिता आयोजना गर्दै आईरहेका थियौ, जसमा खेलाडीको अत्यन्तै चाप रहेको छ । यस पटक नेपाल ब्याडमिन्टन संघको बरियता समेत हुने भएका कारण खेलाडीको चाप अझै बढ्न सक्ने देखेका छौं ।' प्रतियोगिता संयोजक शेर्पाले बताए ।