पहिलो हाफमा ललितपुर र धनगढी बराबर
२०२३ डिसेम्बर २, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा ललितपुर र धनगढीले पहिलो हाफमा बराबरी खेलेका छन् ।
शनिबार दशरथ रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टिमले गोल रहित अवस्थामा छन् ।
पहिलो हाफमा दुवै टिमले गोलको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । ललितपुरलाई पहिलो हाफमा भाग्यले पनि साथ दिएन ।
खेलको ३४ औं मिनेटमा धनगढी गोलको नजिक पुगेको थियो । अनन्त तामाङको क्रसमा निखिल कदमले हेड पोस्टको माथि लागेर टच लाईन बाहिर झरेको थियो । जसलाई धनगढीका गोलकिपर मोहमद टाहाले तत्कालै समातेका थिए ।
दुवै टिम जित निकाल्दै शीर्षताको दौडमा अघि रहन चाहन्छन् । शीर्ष स्थानको धनगढीको दुई खेलबाट ६ अंक छ । दोस्रो स्थानको ललितपुरको ४ अंक छ ।
#ललितपुर र धनगढी