हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा
बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा हारबाट जोगिएको छ।
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार सम्पन्न खेलमा घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो। भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काइन्।
खेलको ३०औं मिनेटमा भारतले सुरुआती अग्रता लियो। ब्याक पास आएको बललाई डिफेन्डर निशा थोकरले क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, सौम्यालाई नै बल लाग्न पुग्यो। उनले निशाालाई नै बिट गर्दै गोल गरिन्।
तर, पहिलो हाफको इन्जुरी समयमा नेपाल खेलमा फर्कियो। कप्तान अनिताले प्रहार गरेको कर्नर बल ड्रप हुँदै गोलमा परिणत भयो। योसँगै नेपाल हारबाट जोगियो।
अब विजेताको टुंगो टाइब्रेकरबाट गरिने भएको छ।












