बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता
अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो
Classic Tech Internet Ad

काठमाडौं। गोलकिपर अञ्जना रानामगर नायक बन्दा टाइब्रकेरमा नेपालले मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ जितेको छ।

भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० ले हराएको हो। टाइब्रेकरमा सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा ठोकरले गोल गरिन्। अनिताको प्रहार बाहिरियो। भारतका तीन खेलाडीले गोल गर्न सकेनन्। दुई प्रहार अञ्जनाले बचाएकी थिइन्।

दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। दुवै गोल पहिलो हाफमा भएको थियो। भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काइन्।

खेलको ३०औं मिनेटमा भारतले सुरुआती अग्रता लियो। ब्याक पास आएको बललाई डिफेन्डर निशा थोकरले क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, सौम्यालाई नै बल लाग्न पुग्यो। उनले निशाालाई नै बिट गर्दै गोल गरिन्।

तर, पहिलो हाफको इन्जुरी समयमा नेपाल खेलमा फर्कियो। कप्तान अनिताले प्रहार गरेको कर्नर बल ड्रप हुँदै गोलमा परिणत भयो। योसँगै नेपाल हारबाट जोगियो। त्योसँगै खेल टाइब्रेकरमा धकेलिएको हो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

Bajaj Pulsar Motorcycle Ad
अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने