लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक
बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ‘ए’ डिभिजन लिगको विषयमा छलफल अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीलाई मन्त्रालयमा बोलाएका छन्।
फुटबलको सर्वोच्च संस्था एन्फाले लिग फुटबल गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले अग्रसरता लिएर एन्फा पदाधिकारी र १४ क्लबका पदाधिकारीसँग संयुक्त छलफल गर्न लागेको हो।
बैठक युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने तय गरिएको छ।
एन्फाले विगत साढे २ वर्षदेखि लिग फुटबल सञ्चालन गर्न सकिरहेको छैन।
लिग फुटबल नहुदाँ नेपाली फुटबलको मेरुदण्ड भाँचिएको अवस्थामा छ।












