नेपालको लगातार दोश्रो जित
बिहिबार, कार्तिक २, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया ओसिएना ग्रुप ३ को प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ ।
बिहीबार नेपालले टिम इभेन्टमा ब्रुनइलाई ३–० ले पराजित ग¥यो । पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै हराएको थियो ।
पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए ।
डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले पन्छाए ।
समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसंग खेल्ने छ ।
# बिली जिन किङ कप







-1753545694.jpg&w=3840&q=75)


-1761808270369.png&w=3840&q=75)




