काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मी २ - ० ले अघि रहेको छ । आर्मीका लागि नवयुग श्रेष्ठ र कप्तान भरत खवासले एक एक गोल गरे ।
सरस्वतीविरुद्ध खेलको सातौं मिनेटमा नवयुगले दिपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए ।
खेलको २८ औं मिनेटमा सुमन लामाले रातो कार्ड पाएपछि सरस्वती १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ३१ औं मिनेटमा कप्तान भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई २ - ० को अग्रता दिलाए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
शीर्ष तीन भित्र पर्ने लक्ष्य बोकेको आर्मीका लागि आज जित्नैपर्ने दबाब समेत छ ।
आर्मी १८ अंक सहित चौथो स्थानमा र सरस्वती १० अंक सहित तालिकाको दशाैँ स्थानमा छ ।