काठमाडौं । एसियन गेम्स अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
बिहीबार पुरुषमा राजन समग्रमा १४ औं स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे ।
१८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।
महिलामा पुष्पाले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६ औं स्थानमा दौड टुंगाइन् ।
बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् ।
म्याराथनको समापनसंगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ ।