शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. टक्करको खेलमा भारतसँग नेपाल पराजित 

टक्करको खेलमा भारतसँग नेपाल पराजित 

२०२३ अक्टोबर ३, मङ्गलबारखेलपाटी संवाददाता

टक्करको खेलमा भारतसँग नेपाल पराजित 

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो ।

भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ भने भारतीय टिम सेमिफाइनलमा प्रवेश गरेको छ । 

भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । 

ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । 

भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो । भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका थिए । जसमा ८ चौका र ७ छक्का सामेल थियो ।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे । 

भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको थियो । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ युवा टिम एसियन गेम्स खेल्न चीन आएको हो । 

नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको थियो ।

भारतले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

योसँगै एसियन गेम्समा क्रिकेटबाट नेपालको सम्भावना चुनौती सकिएको छ । प्रतियोगिताले टी ट्वान्टी विश्वकप छनोटमा नेपाललाई सहयोग पुग्ने विश्वास लिईएको छ । 

 

#भारतसँग नेपाल पराजित
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा