एथ्लेटिक्समा फुलमतिको प्रर्दशनमा सुधार
आइतबार, असोज १४, २०८०खेलपाटी संवाददाता
काठमाडौं । नेपालकी फूलमति रानाले हानझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा टुंगाएकी छन् ।
१७ जना सहभागी स्पर्धामा फुलमति १५ औं भएकी हुन् ।
उनले निर्धारित दूरी ४ मिनेट ३७ दशमल ६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् ।
यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९ दशमलव २२ सेकेन्डको समयमा दौड पूरा गरेकी ।
आइतबार फुलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।
यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जितिन् ।
#फुलमतिको प्रर्दशनमा सुधार








-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)