शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार खेलाडी

शुक्रबार, १२ आश्विन २०८०खेलपाटी संवाददाता
एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । एसिया प्यासेफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् । आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् । 

विभिन्न पाँच विधामा हुन लागेको प्रतियोगितामा नेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिष भारतले सहभागीता जनाउने छन् । सिताराम न्यौपाने टिम म्यानेजरको रुपमा नेपाली टिममा सहभागी छन् । 

ओलम्पिक ढाचाको मोटरस्पोर्ट्सको पहिलो एसिया प्यासिफिक च्याम्पियनसिपमा कार्टिङ स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिङ स्लालम र अटो जिमखाना गरि ५ विधा समावेश गरिएको छ । नेपालबाट कार्टिङ स्लालम कपमा बर्षा बस्नेत र अमनकुमार चौधरी तथा अटोजिमखानामा अमरज्योती रञ्जित र आशिष भारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले सहभागीताका लागि नाम दर्ता गराएका छन् ।

पहिलो पटक ओलम्पिक ढाचामा सञ्चालन हुन लागेको एसियाली स्तरको प्रतियोगितामा नेपालबाट सहभागी वर्षा अटो जिमखाना नेपालकी च्याम्पियन हुन् । उनी सन् २०२३ को पावर टू पावर स्टेरिङमा पहिलो भएर प्रतियोगितामा जान लागेकी हुन् । अमन, अमरज्योती र आशिषले राष्ट्रिय तथा अन्तराष्ट्रिय बाइक रेसिङमा प्राप्त गरेको नतिजा र सफलताका आधारमा एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागीताका लागि पठाईएको नेपाल अटोमोबाइल एसोसियसन (नासा नेपाल)ले जनाएको छ ।

यसअघि एफआईए मोटर स्पोर्ट गेम्सको रुपमा गतवर्षदेखि फ्रान्सबाट सुरु भएको प्रतियोगिता मोटर स्पोर्टस एसोसियन अफ मेलेसियासँगको सहकार्यमा पहिलो पटक आयोजना हुन लागेको हो । १५ वर्ष अघिदेखि नेपालमा सुरुवात भएको मोटर स्पोर्ट्सले पहिलो पटक ओलम्पिक ढाचामा एसियाली स्तरको प्रतियोगितामा सहभागीता जनाउन लागेको हो । 

सर्ट सर्किटलाई आधार गरेर डिजाईन गरिएको च्याम्पियनसिपमा नेपालले अटो जिमखानाबाट पदकको आशा गरेको छ । यसअघि अमरज्योती रञ्जितले एसिया प्यासिफिक अटो जिमखान च्याम्पियनसिपको फाइनल राउण्डसम्मको यात्रा तय गरेका थिए ।

प्रतियोगितामा सहभागी हुने दर्ता शुल्क, यातायात, होटल, गेयर र ग्याजेट गरि करिब १६ लाख रुपैयाँ खर्च हुने नासा नेपालले जनाएको छ । प्रतियोगितामा लाग्ने खर्च नासा नेपालको आन्तरिक श्रोत र खेलाडीबाट ब्यवस्थापन गरिएको नासा नेपालले जनाएको छ । 

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले अटो जिमखानामा राम्रो प्रर्दशनको अपेक्षा गरिएको बताए । ‘पुराना रेकर्डका आधारमा अटो जिमखानामा पदक आउने अपेक्षा गरेका छौं ।’ भट्टराईले भने, ‘हाम्रो स्तरको मोटर स्पोर्ट्समा बल्ल प्रवेश गरेका छौं । ओलम्पिक ढाचाको एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगितामा खेलाडी सहभागी भएका छने । यस सहभागीतालाई वृद्धि गर्दै लैजाने छौं ।’ 

कार्यकारी निर्देशक भट्टराईले प्रतियोगितामा सहभागी खेलाडी नेपाल फर्किएर प्रशिक्षकको रुपमा काम गर्ने अपेक्षा गरेको बताए । 

Loading ad...
LiNing Ad
#मोटर स्पोर्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध