काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले काठमाडौं–नमोबुद्ध टुरिन र्यालीको आयोजना गर्ने भएको छ ।
पर्यटन दिवसको अवसर पारेर नासा नेपालले विमा नेपालसँग मिलेर आगामी शनिबार टुरिन र्यालीको आयोजना गर्ने भएको हो ।
उपत्यका पर्यटन कार्यालय हात्तिवन ललितपुरको सहकार्यमा हुन लागेको टुरिन र्यालीले बागमती प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गर्नुका साथै प्रबर्धनात्मक कार्य गर्न सहयोग पुग्ने आयोजक नासा नेपालले जनाएको छ ।
करिब सय भन्दा बढी सहभागी हुने र्यालीको मुख्य उद्धेश्य युवा तथा मोटरसाइकल चालकलाई आन्तरिक पर्यटनमा जोड्नु रहेको कार्यक्रम संयोजक किरण धितालले बताए ।
सानो हात्तिवनस्थित उपत्यका पर्यटन कार्यालयबाट बिहान ८ बजेबाट सुरु हुने र्याली काटेश्वर, सल्लाघारि, सागाँ, बनेपा, धुलिखेल हुँदै नमोबुद्ध पुग्ने भने पुन धुलिखेल आएर समापन हुने तालिका रहेको छ । आयोजक नासा नेपालले र्यालीको आयोजना लागि सन्तोष न्यौपाने, सञ्जु बज्रचार्य र मिङ्मा डोल्मा तामाङ रहेको समिति समेत गठन गरेको छ ।
यस्तै, नासा नेपालको एक्सपल्स राइडर्स क्लब नेपालले विभिन्न पर्यटकीय संघ संस्थाहरुसँगको सहकार्यमा बुधबारदेखि सप्ताहब्यापी गोल्डेन ट्रेङगल बाइक टूरको सुरुआत गरेको छ ।