काठमाडौं । नेपाल आर्मीका बुद्धिमान गुरुङ र प्राइम कलेजकी सुस्मिता खड्काले दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
दुवै जुनियर यु–१९ सिंगल्समा च्याम्पियन बनेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार ब्वाइज बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेत दोश्रो तथा नेपाल प्रहरी क्लबका गनञ्जय दाहाल र आर्मीका हिमाल विष्ट तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा एभीएमकी वियंका राईले रजत तथा मोर्डन कलेजकी दिया देउला र आर्मीकी याङ्गी पौडेलले कांस्य हात पारेका छन्।