काठमाडौं । दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता भोलि बिहीबारदेखि हुने भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने प्रतियोगितामा यु–१९ र यु–१५ उमेरसमूहमा ब्वाइज-गल्स सिंगल्स गरी ४ स्पर्धामा खेल हुनेछ ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २-२ हजार नगद पुरस्कार पाउने छन् ।
शशि कल्याण पाण्डे वेल्फेयर फन्डको प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ ।
तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता संयोजक समेत रहेका आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् ।