काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले फ्रेन्ड्स क्लबविरुद्वको खेलमा अग्रता लिएको छ । एपीएफको हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ एनआरटी १–० ले अगाडी छ ।
एनआरटीका लागि शुशिल लामाले गोल गरेका छन् । ४२ औ मिनेटमा उनले प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डरसंग ठोक्किएर गोलमा परिणत भएको थियो ।
सूरुवातबाटै फ्रेन्ड्सलाई दबाबमा राखेको एनआरटीले २१ औ मिनेटमा गोलको अवसर गुमाएको थियो । एनआरटीका बिरेन्द्र थापाले पोस्ट नजिकैबाट प्रहार गरेको बल सिधै बाहिरिएको थियो । २६ औ मिनेटमा एनआरटीका सकल रेग्मीले प्रहार गरेको बल फ्रेन्ड्सका गोल रक्षकले मुस्किलले बचाएका थिए ।
यता, फ्रेन्ड्सले ३१ औ मिनेटमा डिबक्स भित्र पाएको बल सदुपयोग गर्न सकेन । फ्रेन्ड्सका विदेशी खेलाडी ओगोला ओ डोन्जोले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।
४० औ मिनेटमा फ्रेन्ड्सका कप्तान सरोज योन्जनले डिबक्स नजिकैबाट प्रहार गरेको बल एनआरटीका गोल रक्षकले सहजै बचाएका थिए ।
फ्रेन्ड्स ८ अंक सहित तालिकाको एघारौ स्थानमा रहदाँ एनआरटी ४ अंक सहित तालिकाको पुछारमा छ ।