काठमाडौँ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेल र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । खेलमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् ।
जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
अघिल्लो चरणमा सरस्वतीविरुद्वको प्राप्त जितले मछिन्द्र उत्साहित छ । उसले दशौँ चरणको खेलमा सरस्वतीलाई ४–२ गोल अन्तरले हराएको थियो ।
जावलाखेल कमजोर मानिएको एनआरटीसंग व्यहोरेको हारको पिडाबाट मुक्त हुँदै प्रतियोगितामा फर्कन चाहन्छ । जावलाखेल ८ अंक सहित दशौँ स्थानमा रहदाँ मछिन्द्र ६ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।