काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा शेर्पा क्लबले ब्रिगेडलाई ४–१ गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ९ मिनेट भित्रमा हिमालयनले दुई गोल गर्दै खेलमा पकड जमाएको थियो । ४६ औ मिनेटमा बिदेशी खेलाडी गोहा प्याट्रीकले हिमालयनलाई सुरुवाती अग्रता दिलाए ।
५४ औ मिनेटमा हिमालयन शेर्पाले अग्रतालाई दोब्बर बनायो । बिशोन गुरुङले हानेको बल गोलकिपरको हातबाट फुस्किए गोल भएको थियो ।
तेस्रो गोल विश्वास श्रेष्ठले गरे ।
६३ औ मिनेटमा कर्ण लिम्बुको प्रहार गोलकिपरले क्लियर गर्न नसक्दाँ बिश्वासले खोसेर गोल गर्न सफल भएका थिए । चौथो गोल खेलको ८० औ मिनेटमा सम्भव भयो । प्याट्रिकको पास सदुपयोग गर्दै विश्वासले ब्रिगेडलाई ४–० को स्थितीमा पु¥याएका थिए ।
खेल सकिन ३ मिनेट बाँकी छदाँ ब्रिगेडले एक गोल फर्कायो । अनिल राईको पास सदुपयोग गर्दै बर्तमान राईले ब्रिगेडको तर्फबाट शानत्वना गोल फर्काएका थिए ।