काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा विभागीय टिम एपीएफ र आर्मीले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
दुवै टोलीले गोलको प्रयास गरेपनि सफल हुन सकेको छैन । आठौ मिनेटमा आर्मीका टंक बस्नेतले डिबक्स बाहिरबाट हानेको बल दोस्रो बार हुदै बाहिरिएको थियो ।
२३ औ मिनेटमा जितेन्द्र कार्कीले मैदानको बीच भागबाट हानेको फ्रिकिकमा कप्तान भरत खवासको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
३७ औ मिनेटमा एपीएफका राजेन्द्र रावलको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । पहिलो हाफको अन्तिम तिर आर्मीले दबाब बनाएपनि गोल गर्न सकेको छैन ।
आर्मी १८ अंक सहित तालिकाको चौथो स्थानमा र एपीएफ १३ अंक सहित आठौ स्थानमा छ ।