काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा अहिले संकटा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ । एपीएफ मैदानमा सुरु भएको खेलमा संकटाले सुरुवाती अग्रता लिन सफल भएको छ ।
उपाधि होडमा मनाङलाई चुनौती दिन सक्ने एक्लो टोली बनेको संकटालाई शीर्ष स्थानको क्लबसंग अंक बराबरी गर्ने अवसर छ ।
तालिकाको पुछार तिर रहेको ब्रिगेडलाई हराउँदै उपाधि यात्रामा बलियो बन्ने लक्ष्य संकटालाई छ । संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।