काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा अहिले च्यासल र थ्री स्टारबीच प्रतिस्पर्धा भईरहेको छ । खेल एपीएफ मैदान हलचोकमा जारी छ ।
उपाधि होडमा कायम रहन थ्री स्टारलाई च्यासलविरुद्वको खेल महत्वपुर्ण छ । अघिल्लो खेलमा विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न परेपछि थ्री स्टार उपाधि होडमा पछाडी परेको थियो ।
अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले फ्रिकिकमा गोल गरेपछि आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको थियो । थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ थ्री स्टारको २२ अंक छ ।