काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ सार्वजनिक गरेका छन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन ।
कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४-१ गोल अन्तरले हराएको थियो ।
नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।
नेपाली टोली -
किरण चेम्जोङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे ,एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बु, अन्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ