मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Bhat Bhateni Supermarket Ad

'एनआरटी र मछिन्द्र सफल भएकाे दिन'

शुक्रबार, ०६ पौष २०७५नमीन ढकाल
'एनआरटी र मछिन्द्र सफल भएकाे दिन'
Classic Tech Internet Ad

काठमाडौं । न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबले पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छन् । शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित दर्ता गरेको हो ।

हल्चोकस्थित एपीएफ मैदानमा एनआरटीलाई जित दिलाउन इस्माइ यौबुए र सुशील लामाले एक एक गोल गरे । जवालाखेलका सुमन डंगोलले एक गोल फर्काए ।

पहिलो हाफको ३४ औं मिनेटमा यौबुएले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सुशीलले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५९ औं मिनेटमा जावलाखेलका सुमनले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

जावलाखेलसंगको जितसंगै एनआरटीले १० खेलबाट ४ अंक जोडेको छ । एनआरटी अझै लिगको पुछारमा छ । पराजित जावलाखेलको ८ अंक छ । जावलाखेल दशौं स्थानमा छ ।

अर्को खेलमा मछिन्द्र फुटबल क्लबले पहिलो जित निकालेको छ । सरस्वती युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मछिन्द्रलाई जित दिलाउन कप्तान विशाल राई, भसाडिया डियामान्डे, अनिल गुरुङ र विकास राईले एक एक गोल गरे । सरस्वतीका फ्रान्सिस ओन्यामाले एक गोल फर्काउदा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको चौथो मिनेटमा मछिन्द्रका संजय राजबहाकको आत्माघाती गोलबाट सरस्वतीले अग्रता बनाएको थियो । उनले कर्नर बल क्लियर गर्ने क्रममा दोस्रो बार हुँदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । १६ औं मिनेटमा मछिन्द्र कप्तान बिशाल राईको गोलबाट खेलमा फर्कियो । विदेशी खेलाडी डियामान्डेको कर्नर बलमा बिशालले हेडबाट गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको २० औं मिनेटमा डियामान्डेले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । काउण्टर अट्याकमा आएको बलमा डियामान्डेले सरस्वतीको किपरलाई बिट गर्दै चिप गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रको अग्रता ३–१ को बनाए । विवेक पण्डितको फ्रिकिक बलमा अनिलले हेड गोल गरेका थिए । त्यसपछि खेलको ३६ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले काउण्टर अट्याकमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

पहिलो हाफमा ३–२ ले पछि परेको सरस्वतीले दोस्रो हाफमा थप गोल फर्काउन सकेन । तर, मछिन्द्रले भने थप एक गोल गर्दै खेल आफ्नो पक्षमा बनाउन सफल भयो ।

खेलको इन्जुरी समयमा विकास राईले पेनाल्टीमा गोल गर्दै मछिन्द्रलाई ४–२ को जित दिलाए । सरस्वतीका खेलाडीले विशाललाई लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । जसमा विकासले सहजै गोल गरे । खेलमा म्यान अफ दि म्याच मछिन्द्रका कप्तान विशाल राई घोषित भए ।
पहिलो जितसंगै मछिन्द्रले १० खेलबाट ६ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । सरस्वतीले १० खेलबाट १० अंक जोडेको छ ।

अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्यो । फ्रेन्ड्सले १० खेलाडीमा सिमित हिमालयन शेर्पालाई २–१ गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन संजोक महर्जन र जीवन गुरुङले एक एक गोल गरे । हिमालयन शेर्पाका गोहा प्याट्रिकले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको २७ औं मिनेटमा प्याट्रिकले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा संजोक महर्जनले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा हिमालयन शेर्पा १० खेलाडीमा समेटियो । हिमालयन शेर्पाका आशिष गुरुङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ८८ औं मिनेटमा जीवनले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को महत्वपूर्ण जित दिलाए । खेलमा फ्रेन्ड्सका संजोक महर्जन म्यान अफ दि म्याच चुनिए ।

जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

Bajaj Pulsar Motorcycle Ad
खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ